महामारीका बेला काम गरिरहेका कर्मठ राष्ट्र सेवक कर्मचारी
वि.सं.२०७८ जेठ ९ आइतवार १५:१६
2.7K
shares
काठमाडौं: कोभिड-१९ को दोस्रो भेरियन्टको प्रकोप संसारका थुप्रै देशहरुसंगै नेपालमा पनि तिब्र रुपमा फैलिरहेको छ। महामारीका बेला देशका विभिन्न स्थानमा बन्दा बन्दिको अवस्था रहेको छ ।
जनताको स्वास्थ्य आफ्नो स्वास्थ्य र स्वार्थभन्दा माथि ठान्ने राष्ट्र सेवक कर्मचारीहरुको गम्भीरयताको आवश्यकता यतिबेला रहेको छ । व्यक्तिगत स्वास्थ्य सतर्कताका साथै कर्मठ राष्ट्र सेवक कर्मचारीहरुले जन स्वास्थ्यको सवालमा गरेका कार्यमो प्रशंसा नगरि बस्न सकिदैन ।
यो महामारीका बेला उदाहरणीय काम गरिरहेका कर्मठ राष्ट्र सेवक कर्मचारीहरु मध्यका एक हुन् स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति तथा व्यवस्थापन महाशाखाका स्टोर शाखा प्रमुख हुन् केदारनाथ उप्रेती ।
नेपाल सरकारले कोरोना भाइरसको पहिलो लहरका बेला लगाएको लकडाउनको अवस्थामा उप्रेतीले बजारमा मास्क र फेस शील्डको अभावहुन नदिन हरदम प्रयास गरिरहने र रातभरी कार्यालयमा बसेर फेस शील्ड बनाएर वितरण गरे । अहिले कोरोना भाइरसको दोस्रो लहरमापनि देशभर त्यो किसिमको स्वास्थ्य उपकरणको अभाव हुन नदिन उनी प्रयासरत रहेको उनको ब्यस्थताले प्रस्ट देखाउछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति तथा व्यवस्थापन महाशाखाले वितरण गरिरहेको थ्री लेयर्स मेडिकल मास्क, फाइभ लेयर्स केएन-९५ मास्क, स्यानिटाईजर लगायतका सामग्रीहरुले मूल्यभन्दा गुणस्तरीय सामान उप्रेतीको रोजाइमा पर्छ भन्ने कुरालाई स्पस्ट पारेको छ ।
उप्रेती कुनै पनि काम नियमसंगत, वैधानिक र मितव्ययि तरिकाले सम्पन्न गर्नुपर्छ भन्नेमा विश्वास गर्दछन् । मरी लानु केही छैन भन्ने उप्रेती विरोध गर्नका लागिमात्र विरोधगर्नेहरु र खुट्टा तान्नेहरुको वास्ता नगरी देश र जनतालाइ पुर्याउनुपर्ने सेवाका लागि हरदम तयार रहन्छन् ।
जीवनका महत्वपूर्ण समय सरकारी सेवामा बिताएका उप्रेती अवकास हुन १०-११ महिना मात्र बाँकी रहेको अवस्थामा पनि गुणस्तरीय स्वास्थ्य सामग्रीको आपूर्ति कसरि गर्न सकिन्छ भनेर चिन्तनशील रहेका भेटिन्छन् ।
यो पनि पढ्नुहोस् :
हटाइयो सपथ लिँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द
वि.सं.२०७८ जेठ ९ आइतवार १५:१६



















