पिएसजीसँग नेयमारको नयाँ सम्झौैता प्रतिघण्टा पाश्रामिक तीन हजार सात सय युरो
वि.सं.२०७८ वैशाख २६ आइतवार १५:५५
2.3K
shares
एजेन्सीः पेरीस सेन्ट जर्मेनका स्ट्राइकर नेयमारले क्लवसँग सन् २०२५ सम्मको नयाँ सम्झौता गरेका छन ।
सन् २०१७ मा दुई सय मिलियन पाउण्डको विश्व कीर्तिमानी रकममा अनुबन्ध भएका नेयमारले फेरी चार बर्षको सम्झौता थपेका छन ।
नयाँ सम्झौता अनुसार नेयमारले बर्षको ३ करोड युरो पाउनेछन ।
यो रकमलाई मासिक, हातामा र हरेक दिनको हिसाव गर्ने हो भने नेयमारले महिनाको २५ लाख यूरो तलव हुनेछ ।
प्रति सातामा ६ लाख २५ हजार यूरो पाश्रामिक पाउनेछन् ।
यतिमात्र होइन, उनले एक दिनमा ८९ हजार दुई सय युरो तलव खानेछन ।
अब पीएसजीबाट खेल्दा उनको एक घण्टाको कमाई तीन हजार सात सय युरो हुनेछ ।
जसमा उनले एक मिनेटमा ६२ युरो हात पार्नेछन ।
पीएसजीमा जाँदा सुरुवातमा पाँच बर्षको सम्झौता गरेका नेयमारले अहिलेसम्म एक सय १२ खेल खेल्दा ८५ गोल गरेका छन भने ५१ एसिस्ट गरेका छन ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ वैशाख २६ आइतवार १५:५५




















