सिभिल बैंकका सीईओ गुरुङले दिए राजीनामा, विदेशी बैंकको सीईओ बन्दै
वि.सं.२०७८ वैशाख ४ शनिवार ११:०६
1.8K
shares
काठमाडौं: सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् ।
चैत मसान्तभित्रै गुरुङको राजीनामा स्वीकृत गर्ने भनेपनि बैंक सञ्चालक समितिले उनको राजीनामा भने स्वीकृत गरेको छैन ।
सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई विदेशको एक बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो ।
विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भएपनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उनी पहिलो नेपाली बैंकर हुनेछन् ।
गुरुङले विगत २५ वर्षदेखि बैंकिङ क्षेत्रमा रहि कार्य गर्दै आएका छन् । उनले २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत थिए । यसअघि उनी हिमालय बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंकमा पनि काम गरिसकेका छन् ।
उदयपुरको त्रियुगामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुरु
ओम्नि च्यानलबाट एनएमबि बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने
वि.सं.२०७८ वैशाख ४ शनिवार ११:०६




















