YouTube Link

सामसुङले नयाँ वर्ष ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्यायो

Facebook Link

काठमाडौं:   सामसुङले नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्याएको छ । नेपाललाई डिजिटल बन्न योगदान पुर्याउन सामसुङको प्रतिबद्धता अनुरुप उक्त योजना ल्याएको हो।

 

सामसुङले आफ्नो नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ।

 

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउनेछन् । सामसुङका तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउने छन् ।

 

नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिबद्धताअनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन्।

 

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसुङले लिइएको छ।

 

ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ। ग्यालेक्सी एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन्।

 

ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ। जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

 

आफूसँग भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन्। पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुईवटा आधारभूत सर्तहरु लागू हुनेछन्।

 

पुरानो मोबाइल स्विच अन गर्न मिल्ने, फोनको ब्याट्री, स्क्रिन र फोनको बडी सही अवस्थामा हुनुपर्दछ। यी दुई सर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिनेछ र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड रु. ८०० का साथ एक्सचेन्ज प्रदान गरिनेछ।

 

यो योजना वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने कम्पनीले जनाएको छ।

 

यो पनि पढ्नुहोस् :

मारुती सुजुकी बेस्ट सेलिङ कारमा आफ्नो दबाब राख्न कायम

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...