YouTube Link

त्रिदेशीय कपपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

Facebook Link

काठमाडौं : राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले त्रिदेशीय थ्री नेशन्स कप फुटबल पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् ।

पछिल्लो समय राष्ट्रिय टिममा पर्न असफल भइरहेका विराजले घरेलु मैदान र दर्शकको अगाडि खेल्दै सन्यास घोषणा गर्न लागेका हुन् ।

उपाधि जितेको हिसाबले नेपालको सफल कप्तानको रुपमा विराजलाई लिइन्छ ।

उनकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबल जितेको थियो ।

एएफसी सोलिडारिटी कपमा अनिल गुरुङ कप्तान भए पनि अधिकांश समय विराजले नै आर्मब्याण्ड लगाएर नेतृत्व गरेका थिए ।

सोलिडारिटी कपमा पनि नेपाल च्याम्पियन बनेको थियो ।

दशरथ रंगशालमा नेपालको सिनियर टिम करिब ६ वर्षपछि खेल्दैछ ।

नेपाली टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने पक्का छ ।

अहिलेसम्म नेपालको अन्तिम टोली घोषणा भएको छैन ।

विश्वकप छनोटको तयारीका लागि प्रशिक्षणमा रहेका ३२ खेलाडीबाटै टिम छनोट गरिनेछ ।

स्वीडिस प्रशिक्षक योहा कालिनको आगमन पछि विराज राष्ट्रिय टिममा पर्न संघर्षरत थिए ।

फिटनेसको कारण देखाउँदै उनलाई टिम बाहिर राखिएको थियो ।

अहिले घरेलु मैदानमै त्रिदेशीय थ्री नेशन्स कप फुटबल हुँदैछ र विराजले पनि यसलाई उपयुक्त अवसरको रुपमा लिएका छन् ।

विराजले यस विषयमा अखिल नेपाल फुटबल संघ एन्फासंग पनि कुरा गरिसकेका छन् ।

नेपालको अन्तिम टोली घोषणा नभएकोले विराजले खेल्ने नखेल्ने निर्णय भएको छैन ।

अनलाइन खबरलाई प्राप्त जानकारी अनुसार विराज थ्री नेशन्स कप खेल्ने टिममा हुनेछन् ।

विराजले दशरथ रंगशालमा नेपालको राष्ट्रिय टिमको जर्सी लगाएर घरेलु दर्शक माझ बिदा लिनेछन् ।

‘नेपालमै थ्री नेशन्स कप हुँदैछ ।

यही खेलपछि मैले सन्यास लिने निर्णय लिएको छु किनकि यसपछि घरेलु मैदानमा कहिले खेल हुने थाहा छैन,’ विराजले अनलाइन खबरसँग भने ।

त्यसैले विराजले यसबारे एन्फा पदाधिकारीलाई जानकारी गराएर निर्णय लिएको बताए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%9f%e0%a5%80-%e0%a5%a7%e0%a5%a6-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%aa/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...