YouTube Link

साउदी अरेबियाले यमनसँग युद्धविरामका लागि आग्रह

Facebook Link

काठमाडौं:  साउदी अरेबियाले यमनसँग युद्धविरामका लागि आग्रह गरेको छ । साउदी अरेबियाले झण्डै छ वर्षदेखि जारी यमनको युद्ध अन्त्यका लागि नयाँ शान्ति योजना प्रस्ताव अघि सारेको हो ।

 

साउदीले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको हो । उक्त प्रस्तावमा महत्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने र राजनीतिक वार्ता सुरु गर्ने विषय समेटिएको बीबीसीले जनाएको छ ।

 

तर हुथी विद्रोहीहरूले युद्धविरामको प्रस्तावमा नयाँ कुरा नभएको प्रतिक्रिया दिएको छ । हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी हटाउनुपर्नेमा उसको जोड रहेको छ । हुथीका प्रमुख वार्ताकार मोहम्मद अब्दुसलामले आफूहरूले साउदी, अमेरिका र मध्यस्थकर्ता ओमानसँग शान्ति सम्झौताका लागि निरन्तर कुरा गर्ने बताएको रोयटर्सले उल्लेख गरेको छ ।

 

साउदी अधिकारीहरूले आफ्नो कदमबारे संयुक्त राष्ट्रसंघ र अमेरिकासँग समन्वय गरिरहेको बताएका छन् । यसअघि गत फेब्रुवरीमा अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको थियो ।

 

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । लगातारको युद्धका कारण यमनका ८० प्रतिशत भन्दा बढी सर्वसाधारणलाई मानविय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यमन सरकार र संयुक्त राष्ट्रसंघले साउदीको युद्धविरामको योजनाको स्वागत गरेका छन् ।

यो पनि पढ्नुहोस् :

यूरोपेली देश र अमेरिकाद्वारा चीनविरुद्ध नयाँ प्रतिबन्ध

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...