YouTube Link

माओवादी केन्द्रको बैठकद्वारा केपी ओली नेतृत्वको प्रतिगामी सरकारको विस्थापन गर्नुपर्ने निष्कर्ष

Facebook Link

काठमाडौं: नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको प्रतिगामी सरकारको विस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

आज बसेको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले अहिले पहिलो र तात्कालिक कार्यभार नै ओली नेतृत्वको सरकार विस्थापन गर्दै नयाँ संयुक्त सरकार गठन गर्नु रहेको बताएका हुन् ।

पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन र सांगठनिक प्रक्रियाबारे छलफल गर्न बसेको माओवादी केन्द्रको बैठकमा शीर्ष नेताहरुले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपामाथि स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले हमला गरेकाले पार्टी एकताले पूर्णता पाउन नसकेको बताएका छन् ।

माओवादी केन्द्रका नेताहरुले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको पनि बताएका छन् ।

‘प्रतिगामी र बिसर्जनवादी कोणबाट पार्टीमा हमला भयो’ बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘प्रतिगामी कदम असफल पार्न हामीले संघर्ष गर्यौ । सर्वोच्च अदालतको पछिल्लो फैसला षड्यन्त्रको योजना अन्तर्गत नै भएको हो भन्ने हाम्रो ठहर छ ।’

बैठकमा बोल्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अधिकांश नेताहरुले क्रान्तिकारी पार्टी बनाउन खोजेपनि केपी ओलीले क्रान्तिकारी पार्टी बन्ने देखेर लगातार आक्रमण गरेको नेताहरुले ब्रिफिङ गरेका छन् ।

नेताहरुले यस्तो आक्रमणले कम्युनिस्ट आन्दोलनको एकीकरण वा विकास र अग्रगमनको यात्रामा बाधामात्र नभएर घट्नाक्रमहरुले बैदेशिक हस्तक्षेपसँग पनि सम्बन्धित भएको पुष्टि गरेको बताएका छन् । ‘नेपालको सवै प्रक्रियामा आफ्नो स्वामित्व हुनुपर्छ भन्ने विदेशी शक्तिको चाहाना छ ।

बैठकमा ओली नेतृत्वको सरकार विस्थापन गर्न माओवादी केन्द्र एक्लैले गर्न नसक्ने भएकाले खासगरी नेपाली काँग्रेस र जसपासँग सहकार्य गर्न जरुरी रहेको पनि नेताहरुले बताएका छन् ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाउ भन्दा काँग्रेसले नमाने पनि अहिले काँग्रेस सकारात्मक भएको भन्दै सहकार्यका लागि जसपासँग पनि विभिन्न ढंगले कुराकानी र छलफल सकारात्मक ढंगले अघि बढिरहेको नेताहरुले बताएका छन् ।

बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको पछिल्लो अवस्थाबारे रिपोर्टिङ गरेका थिए । प्रदेशको रिपोर्टिङ गर्दै प्रदेश १ का सहइन्चार्ज सावित्रिकुमार काफ्लेले माओवादी केन्द्रका प्रदेश १ का २ जना एमालेतर्फ लागेको जानकारी गराएका थिए ।

त्यस्तै प्रदेश २ का विश्वनाथ शाहले ३ जना सांसद प्रभु साह, ज्वाला कुमारी साह र टेकबहादुर वलाम्पाकीबाहेक सवै केन्द्रीय सदस्य र सांसदहरु माओवादी केन्द्रमै रहेको रिपोर्टिङ गरेका थिए ।

वागमती प्रदेशका नारायण दाहालले प्रदेश सांसद दावा तामाङ, विष्णुलाल अधिकारी र कमल चौलागाईं बाहेक अन्य नेता माओवादीमै रहेको जनाएका थिए ।

गण्डकी प्रदेशका हितराज पाण्डेले स्याङजाका एक प्रदेश सांसदबाहेक कुनै पनि नेता एमालेतिर नलागेको बताएका थिए ।

लुम्बिनी प्रदेशका ओनसरी घर्तीले संघीय सांसद टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्का एमालेतिर लागेपनि अझैपनि माओवादी एक्लै चुनाव लडेपनि ४ निर्वाचन क्षेत्रमा चुनाव जित्ने र अरूसँग मिल्दा ८ वटा स्थानमा जित्न सकिने भन्दै प्रचण्डपथ हटाउनु गल्ती भएको बताइन् ।

कर्णाली प्रदेशका सचिव मायाप्रसाद आचार्यले एक सांसद एमालेतिर लागेपनि अन्य केन्द्रीय सदस्यहरु माओवादी केन्द्रमै रहेको बताए ।

सुदूररपश्चिम प्रदेशका सचिव नेपबहादुर चौधरीले १४ केन्द्रीय सदस्यमध्ये एकजना लेखराज भट्टमात्रै एमालेतिर लागेको जानकारी गराएका थिए ।

उपत्यका समन्वय समितिका तर्फबाट लीलामणि पोखरेल तथा सम्पर्क समितिका तर्फबाट प्रह्लाद बुढाथोकी र प्रवास कमिटीका तर्फबाट युवराज चौलागाईंले रिपोर्टिङ गरेका थिए ।

माओवादी केन्द्रको बैठक सोमबार ११ बजे पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकको कार्यसूची अनुसार केन्द्रीय कार्यालय र प्रदेशका तर्फबाट रिपोर्टिङ भएको भन्दै संगठनात्मक काम, पार्टीको विधान परिमार्जन, राष्ट्रिय भेला र विविध अन्तर्गतको कार्यसूची अनुसार छलफल सुरु भएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...