YouTube Link

महाशिवरात्रिमा पशुपतिको दर्शन गर्न मास्क अनिवार्य, मुल मन्दिरमा आजदेखि निर्वस्त्र बाबाहरू बस्न थाले

Facebook Link

काठमाडौं: महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि अनिवार्य मास्क लगाउनुपर्नेछ । मास्क नलगाए दर्शन गर्न नपाईने व्यवस्था मिलाईएको छ ।

महाशिवरात्रि आयोजना सम्मेलनको जानकारी दिन पशुपति विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव डा. प्रदीप ढकालले कोभिड महामारीको जोखिम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउन आग्रह गरे ।

कोभिड महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरेको उनले बताए । ढकालले भने, ‘दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजर र मास्क अनिवार्य लगाउनुपर्नेछ ।’

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए ।

नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने डा. ढकालले जानकारीले दिए । मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त दिन सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन् ।

भारतबाट करिब ३ हजारको हाराहारीमा बाबाहरू आइसकेको उनले प्रस्ट पारे । बाबाहरूलाई मन्दिर परिसरका विभिन्न आश्रममा व्यवस्थापन गरिसकेको उनको भनाइ छ । बाहिरबाट आएका बाबालाई विकास महाशिवरात्रि भरि खाने बस्नेको राम्रो प्रबन्ध मिलाइने थप उनले जानकारी दिए ।

कोषले बाबाहरूलाई चिसोबाट बच्न धुनीको समेत व्यवस्था गरेको छ । ‘महाशिवरात्रि सम्पन्न भएपछि गुठी संस्थानले गरेबमोजिम बाटो खर्चसहित साधुसन्त,जोगी बाबाहरूका लागि बिदाइ गर्नेछ,’ ढकालले भने ।

मुल मन्दिरमा आजदेखि निर्वस्त्र बाबाहरू प्रवेश गरिसकेको ढकालले बताए । निर्वस्त्र बस्ने बाबाहरूको विरोध भएपनि परापूर्वकालदेखि चलिआएको चलनले यसलाई निरन्तरता दिएको उनले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...