नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
वि.सं.२०७७ फागुन २५ मंगलवार १५:१८
1.4K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
माओवादी केन्द्रको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे र पार्टी पुनर्गठन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ ।
सर्वोच्च अदालतले फागुन २३ मा नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको थियो ।
त्यसपछि २४ फागुनमा पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको बैठक बसेर एमालेका नेताहरु नेकपा एमालेमा नै फर्कने निर्णय गरेका थिए ।
नेकपा एमालेका नेताहरु एमालेमा फर्किएसँगै माओवादी केन्द्रको बैठक बसेको हो ।
सर्वोच्चको फैसलासँगै मुलुकमा राजनीतिक कोर्ष परिवर्तन
वि.सं.२०७७ फागुन २५ मंगलवार १५:१८




















