Texas College
YouTube Link

सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना रकम निकाल्ने प्रविधि ल्यायो

Facebook Link

काठमाडौं:  सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ । बैंकको मोवाईल बैकिङ् एप्लिकेशन “सिभिल स्मार्ट” प्रयोग गरी सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सकिने छ ।

बैंकका ग्राहकहरुले यस सेवाको प्रयोग गर्न सिभिल बैंकको मोवाईल बैकिङ् एप्लिकेशन “सिभिल स्मार्ट”मा भएको “कार्डलेस क्याश” अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ् एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटीपी पासकोड प्राप्त हुनेछ ।

यस पासकोड सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुले एटीएम कार्ड बोक्न पर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुन पाउनेछन् र एटीएम कार्ड हराउँदा/विर्सिदा वा कसैलाई नगद भुक्तानी दिनुपर्ने लगायतका अवस्थामा “सिभिल बैंक कार्डलेस क्याश” सेवाको प्रयोग गर्न सकिने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनु भयो ।

करीव साढे पाँच लाख ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

यो पनि पढ्नुहोस् :

एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा खर्च

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...