सनराइज बैंकले ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात
वि.सं.२०७७ फागुन २० बिहीवार १५:२०
1.7K
shares
काठमाडौं: सनराइज बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । बैंकले प्रदान गदै आएको डिजिटल बैंकिङ् सेवा अन्तर्गत यो कार्यको सुरुवात गरेको हो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयाल, सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारी तथा ट्याक्सी ब्यवसायी संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सनराइज बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीको शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
सोही कार्यक्रममा सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डलले डिजिटल भुक्तानी प्रणालीमा सनराइज बैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताउनु भयो ।
साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारीले अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउनुहुने व्यक्तिहरुले ट्याक्सी सेवादेखि विमानस्थलमा हुने अन्य स-साना कारोबारमा समेत डिजिटल बैंकिङ् मार्फत सुरक्षित कारोबार गर्न सकिने बताउनु भयो ।
यो पनि पढ्नुहोस् :
सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना रकम निकाल्ने प्रविधि ल्यायो
वि.सं.२०७७ फागुन २० बिहीवार १५:२०




















