दक्षिण अफ्रिकाको पूर्व कप्तान डुप्लेसिसले लिए जन्मदिनमा सन्यास
वि.सं.२०७७ फागुन ५ बुधवार १२:५०
1.6K
shares
काठमाडौँ : दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डुप्लेसिसले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
अफ्रिकाका लागि टेस्टमा १० वटा शतक समेत बनाएका डुप्लेसिसले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
अफ्रिकाबाट ६९ टेस्ट खेलेका डुप्लेसिसले ३६ टेस्टमा कप्तानी समेत गरेका थिए ।
एबी डिभिलियर्सले क्रिकेटबाट सन्यास लिएपछि डुप्लेसिसले कप्तानी सम्हालेका थिए ।
उनको नेतृत्वमा पनि दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गर्न नसकेपछि उनले कप्तानी छाडेका थिए ।
उनले बुधबार एबी डिभिलियसको ३७ औँ जन्मदिनमा टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
एकदिवसीय र टी–ट्वेन्टी क्रिकेटमा केन्द्रित हुनका लागि टेस्टबाट सन्यास लिएको डुप्लेसिसले बताएका छन् ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन ५ बुधवार १२:५०



















