भीएआरले सर्मथक र खेलाडी निराश प्रिमियर लिग खल्लो:वायन रुनी
वि.सं.२०७७ फागुन ५ बुधवार १४:५१
1.7K
shares
एजेन्सी : इंगल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका कीर्तिमानी गोलकर्ता वायन रुनीले प्रिमियर लिगमा भीएआरलाई खेलाडी तथा समर्थकले नरुचाएको बताए ।
भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग रोक्नु पर्ने अभिब्यक्ति दिएका छन् ।
इंग्लिस फुटबलको दोस्रो श्रेणीको क्लब डर्बी काउन्टीका प्रशिक्षक रहेका रुनीले भीएआरलाई खेलाडी तथा समर्थकले नरुचाएको बताए ।
प्रिमियर लिगमा भीएआरले दिने धेरै निर्णय चित्त बुझ्दो हुँदैनन् ।
जसले सर्मथक तथा खेलाडीलाई निराश बनाइरहेको हुन्छ ।
मलाई लाग्छ प्रिमियर लिग भीएआर बिना नै रमाइलो थियो, रुनीले मंगलबार नियमित पत्रकार सम्मलेनमा भने ।
युनाइटेडका पूर्व स्ट्राइकर रहेका रुनीले खेल दौरान रेफ्रीले गलत निर्णय दिनसक्ने भएपनि उनीहरुलाई सम्पूर्ण जिम्मेवार दिनपर्ने बताए ।
भीएआरका कारण खेल हेरिरहेका सर्मथकको ध्यान भङग हुने रुनीको भनाई थियो ।
खेलमा डुबिरहेका सर्मथक भीएआरले खेल रोक्दा निराश देखिन्छन् ।
सर्मथक र खेलको कनेक्सन नै हराएको जस्तो अनुभव हुन्छ ।
रुनी सहभागी रहेको च्याम्पियन्सिपमा भने भीएआरको प्रयोग गरिएको छैन ।
आर्थिक भार पर्ने भएकाले त्यहाँ भीएआरको प्रयोग नभएको हो ।
रुनीले प्रशिक्षण गराइरहेको डर्बी १६ औँ स्थानमा छ ।
२४ टिम सहभागी हुने लिगमा २९ खेलबाट ३४ अंक बनाएको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन ५ बुधवार १४:५१


















