सेरेना विलियम्स अस्ट्रेलिया ओपनको क्वार्टरफाइनलमा
वि.सं.२०७७ फागुन २ आइतवार १६:२६
1.5K
shares
एजेन्सी: एरिना साबालेन्काको चुनौती पन्छाउँदै सेरेना विलियम्स अस्ट्रेलिया ओपनको क्वार्टरफाइनल प्रवेश गरेकी छन् ।
अस्ट्रेलिया मेलबर्नमा जारी प्रतियोगिताको आइतबार भएको चौथौँ चरणको खेलमा अमेरिकी स्टार विलियम्सले बेलारुसकी साबालेन्कालाई ६–४, २–६, ६–४ ले पराजित गरिन् ।
साबालेन्काविरुद्धको खेललाई विलियम्सको कठिन परिक्षा मानिएको थियो ।
साबालेन्कालाई जारी ग्रान्डस्लाममा विलियम्स जस्ता उपाधि दाबेदारलाई बलियो चुनौती पेश गर्ने खेलाडीकारुपमा लिइए पनि बेलारुसियनले आफ्नो बलयो लयलाई कायम राख्न सकिनन् ।
जितपछि विलियम्सले साबालेन्कालाई हराउन सजिलो नभएको प्रतिक्रिया दिइन् ।
‘मैले यो खेल सहज हुन्छ भन्ने अपेक्षा गरेको पनि थिएन ।
साबालेन्काको प्रत्येक सट उत्कृष्ट थिए ।’
विलियम्सले भनिन् ।
विलियम्स यसपटकको अस्ट्रेलियन ओपन जित्दै २४ औँ पटक ग्रान्डस्लाम जित्ने कीर्तिमान राख्ने धेयमा छिन् ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन २ आइतवार १६:२६




















