YouTube Link

संयुक्त राष्ट्रसंघद्वारा जैश-ए-मोहम्मदका प्रमुख मसुद अजहर आतंकवादी घोषणा

World Cup 2026
Facebook Link

एजेन्सी: पाकिस्तानमा रहेर भारत प्रशासित क्षेत्र कश्मीरमा सक्रिय आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गर्दै आतंककारीको सूचीमा राखेको छ ।

चीनले यसअघिको आफ्नो अडानलाई त्यागेर अजहरलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न आनाकानी गर्दै आएको थियो । तर अहिले चीन पनि उनलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गत फेब्रुअरी महिनामा फ्रान्स, बेलायत र अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् अन्तर्गतको अल कायदा तथा इस्लामिक स्टेट नाकाबन्दी समितिमा मसुद अजहरलाई आतंककारीको सूचीमा राख्न गरेको प्रस्तावलाई चीनले अस्वीकार गरेको थियो ।

अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा परेपछि अब मसुद अजहरमाथि हतियार खरिदविक्री तथा यात्रामा प्रतिबन्ध लाग्नुका साथै उनको चलअचल सम्पत्ति पनि रोक्का हुनेछ । मसुद अजहरको आतंकवादी संगठन जैश–ए–मोहम्मदले गत फेब्रुअरी महिनामा ४० भन्दा धेरै भारतीय अर्धसैनिक मारिनेगरी भारतको प्रशासित कश्मीरको पुलावामामा आत्मघाती बम विष्फोट गराएको जिम्मा लिएको थियो । यो समूहको अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदासँग पनि साँठगाँठ रहेको बताइन्छ ।

सन् १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरेको मसूद अजहरले नै जैश ए मोहम्मद समूह गठन गरेका हुन् । त्यस्तै सन् २००१ को डिसेम्बरमा दिल्लीस्थित भारतको केन्द्रीय संसद्‌मा आक्रमण गरेको दोष समेत भारतले जैश-ए-मोहम्मदमाथि लगाउँदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...