हारको नजिक पुगेर म्यानचेस्टर सिटीको सानदार जित
वि.सं.२०७७ माघ ११ आइतवार ११:०९
2.4K
shares
एजेन्सी: एफए कप अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी जित हात पारेको छ ।
८० मिनेटसम्म पछि परेको म्यान्चेस्टर सिटीले त्यसपछि ३ गोल गर्दै चेल्टेनहाम टाउनविरुद्ध सानदार जित निकालेको हो ।
चेल्टेनहाम टाउनको मैदानमा भएको खेलमा पहिलो हाफ म्यान्चेस्टर गोलरहित बराबरीमा रोकिएको थियो ।
दोस्रो हाफको ५९औं मिनेटमा चेल्टेनहाम टाउनका लागि अल्फाइ मेले गोल गर्दा सिटी पछि प¥यो ।
खेलको ८१औँ मिनेटमा फिल फोडिनको गोलबाट गरेपछि सिटी खेलमा फर्किएको थियो ।
त्यसपछि ८४औँ मिनेटमा गाब्रिएल जिसजले गोल गरी टोलीलाई अग्रता दिलाए ।
इन्जुरी समयको चौथो अर्थात ९४औँ मिनेटमा टोरेसले गोल गरेपछि सिटी ३–१ को जित हात पार्न सफल भयो ।
खेलको अन्तिम ९ मिनेट तथा इन्जुरी समयको केही मिनेट भित्र तीन गोल गरेर सिटीले एफए कपको चौथो चरणमा जित हात पारेको हो।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ ११ आइतवार ११:०९




















