Texas College
YouTube Link

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि

Facebook Link

काठमाडौं: नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार विज्ञप्ति मार्फत नयाँ भाइरस पुष्टि भएको जनाएको छ ।

कोभिड-१९ को नयाँ प्रजाति (भेरियन्ट) बेलायतबाट केही दिन अघि नेपाल फर्किएका ६ वटा नमुनाको SARS-COV 2 परीक्षणको नतिजा नेपालमा परीक्षण गर्दा ३ वटा नमुनामा s-gene target नेगेटिभ देखिएको थियो ।

उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो होइन भन्ने पुष्टि गर्नका लागि गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको थियो ।

ती नजिताहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई-मेल मार्फत आज ५ गते प्राप्त भएकोमा ३ जनामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ भाइरस पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीयम पुरुष रहेका छन् । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको हो ।

संक्रमितमध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको हाल रिपोट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको भने पोजेटिभ नै रहेको छ ।

माघ १ गते पछाडी उनीहरु बेलायतबाट नेपाल आएका हुन् । मन्त्रालयले नयाँ भाइरसको भ्याक्सिन नेपालमा उपलब्ध नभएसम्म सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...