YouTube Link

पीएचसीए खुला सूर्योदय बास्केटबल भोलिदेखि

Facebook Link

काठमाडौं: सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ।

पीएचसीए खुला सूर्योदय बास्केटबल प्रतियोगितामा ब्वाइजमा ३२ र गर्ल्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

दुवै समूहमा नगद पुरस्कार राखिएको छ। ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

गर्ल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन्।

ब्वाइजरगर्ल्स दुवैमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्ताको पुरस्कार राशी भने समान रहेको छ।

सोको विजेताले जनही २ हजार नगद पुरस्कार पाउने छन्।

कोभिड– १९ को अवस्थामा विद्यार्थीलाई मानसिक तनावबाट मुक्त गराउन स्वास्थ्य मापडण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले बताए।

प्रतियोगिता सञ्चालन गर्न मैतीदेवी प्रहरी प्रभाग र वडा कार्यालयको स्वीकृति लिएको सूर्योदयका इसीए को–ओर्डिनेटर राजेन्द्र कपालीले जानकारी गराए।

प्रतियोगितामा एसईई दिएका र दिने तयारीमा रहेका विद्यार्थीले सहभागिता जनाउने छन्।

लिग कम नकआउट आधारमा तीनदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ।

प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने आयोजकले जनाएको छ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%95%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%aa%e0%a5%80/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...