YouTube Link

एनआइसी एसिया बैंकको ज्यादती राष्ट्रिय बहसको विषय

Facebook Link

काठमाडौं: एनआइसी एसिया बैंकले ऋणीहरुप्रति गरेको ज्यादतीका विषयले राष्ट्रिय बहसको स्वरुप लिएको छ । बैंकर्स संघको सोमबार नवनिर्वाचित उपाध्यक्ष र दुई सदस्यलाई स्वागत गर्न डाकिएको बैठकमा एउटा गम्भीर विषयमा छलफल भयो ।

उक्त बैंक विरुद्ध चर्को जरीवाना लिएको, पुनरकर्जा नदिएको, लकडाउनको समयमा राष्ट्र बैंकले उपलव्ध गराएको सुविधा समेत ग्राहकलाई नदिएको, ऋण तिर्न ढिला भएकाहरुलाई धम्की दिएर बारबार पैसा मागेर तनाब दिएको लगायतका विषयमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघमा विरुद्ध विभिन्न उजुरीहरु परेका छन् ।

बैंकबाट पीडीत भएकाहरु संगठीत हुँदै गएपछि विषयले ठुलो रुप लिएको हो । ‘महामारी पीडित सर्वपक्षीय पेशा ब्यवसायी संघर्ष समिति नेपाल’ भन्ने एउटा साझा संगठन गठन भएको छ। यसमा नेपाल पर्यटक यातायात ब्यवसायी संघ, नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस्, सार्वजनिक यातायात केन्द्रीय महासंघ, पर्यटन क्षेत्रका करिब एक दर्जन संस्थाहरु (नाट्टा, टान, हान, एनएमए, नाटो, एनटीभीए, टीटीडीएस, सोट्टो नेपाल, नारा, टीबान, रेबान आदि) छन्।

त्यसैगरी पर्यटन व्यबसायीहरु, होटल व्यबसायीहरु, यातायात व्यबसायीहरु, विद्यालय एवं शैक्षिक संस्थाका विभिन्न संगठनहरु प्याव्सन, एनप्याव्सन, अभिभावक संघ नेपाल, नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी संघ, सुनचाँदी ब्यवसायी महासंघ जस्ता संस्थाहरु पनि एनआइसी एसिया बैंकले गरेको ज्यादतिका विरुद्धमा छन् ।

बैंकबाट पीडीत भएकाहरु संगठीत हुँदै गएपछि विषयले ठुलो रुप लिएको हो । उनीहरु संगठीत भएपछि एनआइसी एशिया बैंक विरुद्ध संघसंस्थाहरु नै जुर्मुराएका छन् । बैंकर्स संघ घेराउ गर्न पुगेका पीडीतहरुले ‘एनआइसी एसिया बैंक बन्द गर्नुर्छ भन्दै नारावाजी गरेको बैंकर संघका एक सदस्यले बताए ।

बैंकले राष्ट्र बैंकले दिएको सुविधाहरु ऋणीहरुलाई उपलब्ध नगराएको विषयलाई लिएर बैंकर्स संघमा छलफल भइरहेको छ । पुनर्कर्जा प्रयोग गर्ने विधि बारे बैंकर्स संघमा छलफल भएका बेला सो विषयले प्रवेश पाएको बैंकर्स संघले जनाएको छ ।

यस बारेमा राष्ट्र बैंकका अधिकारीहरुले एनआइसी ब्यवस्थापनसँग कुरा गरिरहेको बताएका छन्। ‘राष्ट्र बैंकले अप्ठेरोमा परेकालाई नकस्नु। अहिले नाफा  गर्ने होइन ग्राहक पनि बचाउने र बैंक पनि बाँच्ने बेला हो भनेर भनिरहेको ती अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोला :

२१ हजार ५ सय जनालाई कोरोना बीमाको दाबी भुक्तानी

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...