Texas College
YouTube Link

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पुन शीर्ष स्थानमा उक्लियो

Facebook Link

काठमाडौं: ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पुन शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा हुडर्सफिल्डलाई ५-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको हो । फराकिलो जित सहित लिभरपुलले म्यानचेष्टर सिटीमाथि दबाब बढाएको छ ।

शीर्ष स्थानमा उक्लिएसँगै दुई अंकको अग्रता लिन समेत सफल भएको छ । शीर्ष स्थानको लिभरपुलले ३६ खेलबाट ९१ अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेष्टर सिटीको ८९ अंक छ । खेलको १५ सेकेन्डमै लिभरपुलका नाबी केइटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । यस सिजन रेलिगेशनमा परेको हुडर्सफिल्डमाथि सुरुवातबाटै आक्रमक देखिएको लिभरपुलले २३औ मिनेटमा अग्रतालाई दोब्बर बनायो ।

साडियो मानेले घरेलु टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । मोहमेद सलाहाले ईन्जुरी समयमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए । ६६ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । ८३ औ मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाउन सफल रहे । लिभरपुलले लिगमा अब दुई खेल खेल्न बाँकी छ । उसले अब न्युक्यासल र उल्भ्ससंग प्रतिस्पर्धा गर्नेछ । उपाधिको अर्को दाबेदार म्यानचेष्टर सिटीले वर्नली, लेस्टर सिटी र ब्रिङ्टोनसंग खेल्न बाँकी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...