Texas College
YouTube Link

राइडिङ्ग सेवा ‘पठाओ’का राइडरहरु काम छाडेर कम्पनी विरुद्ध आन्दोलनमा

Facebook Link

काठमाडौं: मोटरसाइकल तथा ट्याक्सी सेयर राइडिङ्ग सेवा ‘पठाओ’का राइडरहरु काम छाडेर कम्पनी विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

कम्पनीले आफु खुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कम्पनीले कामदार मार्ने काम गरेको पठाओ राइडरहरुको आरोप छ ।

विना सुरक्षा सडकमा निस्कदा जीवनरक्षाको ग्यारेन्टी कसले लिने भन्दै राइडिङ्गहरुले कम्पनीसँग अतिरिक्त सेवा सुविधाभन्दा पनि सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

राइडरहरुसँगै यात्रुको समेत बीमा हुनुपर्ने उनीहरुको माग छ । पछिल्लो समय कम्पनीले राइडरहरु माथि ज्यादती गर्न थालेको र राइडरहरुमाथि मनोमानी गरिरहेको उनीहरुको भनाई छ । उनीहरुको कमाईमा समेत कम्पनीले लुट मच्चाइरहेको र कम्पनीले आफुखुसी मन नलागेको मान्छेलाई निस्कासन समेत गर्ने गरेको राइडरहरुको आरोप छ ।

राइडरहरुले विविध ११ बुँदे माग राखेर आन्दोलन चर्काइरहेका बेला ‘पठाओ’ ले भने ‘राइडरहरुको अनावश्यक हो हल्ला’ भन्दै उनीहरुका मागको उपेक्षा गरेको छ ।

कम्पनीको नीति, नियम र अनुशासनमा नरहेका र केही उच्छृङ्खल तत्त्वहरुले कम्पनीलाई बदनाम गर्न लागेको उसको प्रतिक्रिया छ ।

राइडरहरुले गत सोमबार पठाओ कम्पनीमा आन्दोलनसहित ११ बुँदे मागपत्र पेस गरेका छन् । राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाईको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरहरुलाई निलम्बन गर्नु पूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्रि हुनुपर्ने, बीपीजी सस्पेन्ड हटाउनु पर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर पेजेन्जर दुबैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग उनीहरुले राखेका छन् ।

बढीभन्दा बढी फाइदा खोजेका कारण नै अहिलेको पठाओ र राइडरहरुबीचको समस्या बढेको देखिन्छ । ७० को दशक यता नेपाली बजारमा चर्चामा आएका ‘टुटल’ र ‘पठाओ’ सेयर राइडिङ्गको क्षेत्रमा निकै लोकप्रिय छन् ।

टुटल र पठाओको विषयमा बारम्बार प्रश्न उठ्ने गरेको छ । निजी (रातो नम्बर प्लेटमा) दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्न पाउने कि नपाउने भन्ने मुद्दा अहिले पनि विवादकै विषय बनेको छ । तर, अहिलेसम्म सरकारले यो विषयमा ठोस निर्णय गर्न सकेको छैन ।

 

र यो पनि पढ्नुहोस्ः

मुलुकभर आंशिक बदली, तराईमा हुस्सु लाग्ने क्रम जारी
प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने प्रधानमन्त्री ओलीको चेतावनी
कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...