स्पेनिस लिगमा रियल मड्रिडको सहज जित
वि.सं.२०७७ पुस ९ बिहीवार ०९:४२
1.5K
shares
एजेन्सीः स्पेनिस लिगमा रियल मड्रिडले सहज जित निकालेको छ ।
गएराति भएको खेलमा रियलल सहज जित निकाल्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो ।
ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा रियल ग्रानाडालाई २–० ले हराउँदै आफूलाई अंक तालिकामा बलियो बनाउन सफल भएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।
खेलको ५७ औं मिनेटमा कासमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
इन्ज्यूरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई जित दिलाए ।
जितसँगै रियलको १५ खेलबाट ३२ अंक छ । यता शीर्ष स्थानको एट्लेटिकोको १३ खेलबाट ३२ अंक छ ।
पराजित ग्रानाडाको १४ खेलबाट २१ अंक छ । ग्रानाडा तालिकाको सातौ स्थानमा रहेको छ ।
वि.सं.२०७७ पुस ९ बिहीवार ०९:४२




















