नेकपाका दुवै समूहको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
वि.सं.२०७७ पुस ९ बिहीवार ०९:०५
2.4K
shares
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्नेछ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षको बैठक कार्की बैंक्वेट बबरमहलमा बस्ने छ ।
ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्ता परिवर्तन गरेको थियो ।
त्यस्तै पार्टीको महाधिवेशन अर्को वर्ष मंसिरमा आयोजना गर्ने गरी ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनित गरी महाधिवेशन आयोजक समिति बनाइएको थियो ।
प्रचण्ड–माधव नेपाल पक्षको बैठकले दुई अध्यक्षको वरीयता तोक्ने गरी छलफल र निर्णय हुने अपेक्षा गरिएको छ । मंगलबारको बैठकले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर माधव नेपाललाई नियुक्त गरेको थियो ।
आजको बैठकले पार्टी बैठक आलोपालो गरी सन्चालन गर्ने र अरु पदाधिकारी चयन गर्नेबारे छलफल हुने बताइएको छ ।
आ–आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै दुवै पक्षले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।
वि.सं.२०७७ पुस ९ बिहीवार ०९:०५




















