प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने प्रधानमन्त्री ओलीको चेतावनी
वि.सं.२०७७ पुस ९ बिहीवार ०६:५९
1.9K
shares
काठमाडौं: प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।
बुधबार एक टेलिभिजनका दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी आफूले चालेको कदम वैध भएको दावी गरे ।
उनले अव चुनाको माहोल बनेकाले मिलेर जान पनि आह्वान गरे । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’
पार्टीभित्रको अहिलेको कलह प्रचण्ड-माधव समूहको पद र प्रतिष्ठाको उपज भएको उनले बताए । आफू विरामी हुँदा पनि आरामदायी कुर्सीमा बस्दा पनि ईष्या गरिएको बताउँदै उनले भने- ‘माधव जीलाई मैले तृतिय अध्यक्ष त प्रस्ताव गरेकै हो अहिले द्धितिय अध्यक्ष बन्नु भए छ, सोफा पनि राम्रै देखिएको थियो ।’
वि.सं.२०७७ पुस ९ बिहीवार ०६:५९



















