राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता
वि.सं.२०७७ पुस ७ मंगलवार १६:१७
1.5K
shares
काठमाडौं: राष्ट्रिय जनमोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कमिटीको सोमबार बसेको बैठकले सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गर्दै सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिएको जनाएका छन्।
जनमोर्चाले विज्ञप्तिमा भनेको छ ‘ओली नेतृत्वको सरकारलाई विगतमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ’, ‘प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल परिस्थिथितिका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ।’
राष्ट्रिय जनमोर्चाले गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता जस्ता प्राप्त सिमित अधिकार समेत गुम्न नदिन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा जोड रहेको जनाएको छ ।
यो पनि पढ्नुहोस् :
ओली समूहको पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकियो
वि.सं.२०७७ पुस ७ मंगलवार १६:१७




















