YouTube Link

लेवान्डोस्कीको खुलासा युनाइटेड जान तयार थिएँ

Facebook Link

काठमाडौं ः पोलिस फरवार्ड अहिले विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । एलिएन्ज एरेनामा जादु देखाउने लेवान्डवस्की कुनै बेला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड जान तयार भएका थिए ।

 

बायर्न म्युनिखका स्ट्राइकर लेवान्डवस्कीले सन् २०१२ मै युनाइटेडसँग कुरा भएको खुलासा गरे । युनाइटेड जानका लागि सर एलेक्स पर्गुसनसँग कुराकानी भएको उनले सार्वजनिक गरेका छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डमा हुँदा नै उनी नियमितरुपमा ओल्ड ट्राफोर्डसँग जोडिन्थे । डर्टमण्डमा उनले चार वर्ष खेले ।

 

यद्यपि लेवान्डोस्कीको युनाइटेड जाने चाहना पूरा हुन सकेन । बरु उनी २०१४ मा डर्टमण्डको राइभल बायर्न म्युनिखमा अनुबन्ध भए । डर्डमण्डमा दोस्रो वर्षपछि सर एलेक्स फर्गुसनसँग मेरो कुराकानी भएको थियो । लेवान्डोस्कीले फ्रान्स फटबलसँग भनेका छन् । म म्यानचेष्टर आएको हेर्न चाहन्थे । म धेरै इच्छुक थिएँ । मैले यति सम्म भने कि म तयार छु । तर डर्टमण्डले मलाई जान दिएन । यसले मलाई धेरै हतोत्साहित बनाएन किनकि डर्टमण्डमा सबै राम्रो भइरहेको थियो ।

 

लेवान्डवस्कीले बायर्नका लागि ३०७ खेलमा २६६ गोल गरिसकेका छन् । गत सिजन बायर्नले ट्रेबलसहित पाँच उपाधि जित्दा लेवान्डोस्कीले बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए ।
गत साता लेवान्डोस्कीले मेस्सी र रोनाल्डोलाई पछि पार्दै बेस्ट फिफा अवार्डसमेत जिते । यदी डर्टमण्डले नरोकेको भए उनी धेरै अघि म्यानचेष्टर पुगिसक्थे ।

 

३२ वर्षीय लेवान्डोस्कीले ६ बुण्डेसलिगा उपाधि जितिसकेका छन् । गत वर्ष युरोपियन च्याम्पियन्स लिग पनि जिते ।
यस्तै लेवान्डवस्कीले युवा हुँदा आर्सनलका लेजेण्ड थिएर हेनरी आफ्नो आइडल रहेको समेत खुलाएका छन् । मेरो प्रशंसनीय व्यक्तिहरु अलेसान्द्रो डेल पिएरो र थिएरी हेनरी हुन् । रोबर्टो बाजियो पनि थियो । म युवा हुँदा उनीहले खेलिरहेको देख्थे उनले भने ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b5/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...