Texas College
YouTube Link

दुप्चेश्वर गाउपालिका, एभरेष्ट  बैंक र उधोग बाणिज्य संघबिच सम्झौता

Facebook Link

नुवाकोट:  नुवाकोट दुप्चेश्वर गाउपालिका समुन्द्रटार, एभरेष्ट  बैंक लिमिटेड दुप्चेश्वर शाखा र उधोग बाणिज्य संघ नुवाकोटबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि त्रीपक्षय सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा दुप्चेश्वर गाउँ पालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, एभरेष्ट  बैंकका नायब महाप्रबन्धक डा .सन्धिर कुमार र उद्योग बाणिज्य संघ नुवाकोटको अध्यक्ष  तारा बहादुर कार्किले संयुक्त हस्ताक्षर  गर्नुभएको छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्नुहुँदै गाउँ पालिका अध्यक्ष तामाङले  पालिका  क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलता सम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने बताउनु भयो ।

गाउँपालिकाको नीति अनुसार व्यवसायी बन्न चाहने वा व्यावसाय सञ्चालन गरिरहेका सबै खाले उद्यमीहरुलाई नेपाल राष्ट्र बैंकको सहुलियत पूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ (तेस्रो संसोधन २०७७) अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर प्रदान गर्ने छ ।

उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुले विदेशमा आर्जन गरेको शीप र व्यवसायिक दक्षता उपयोग गर्दै स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरि व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरि उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने तामाङले बताउनु भयो ।

बैंकका नायब महाप्रबन्धक डा. सन्धिर कुमारले सहुलियतपूर्ण कर्जा ग्रामीण भेगका नागरिक सम्म पहुँच होस भन्ने उद्देश्य  रहेकाले कार्यन्वनयमा चुनौति भएता पनि गाउँ पालिका को सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम मा उद्योग बाणिज्य संघ का अध्यक्ष र पुर्व अध्यक्ष ले ब्यबसाय सन्चालन तथा प्रबर्द्धनका लागि आवश्यक सहयोग र समन्वय गर्नका लागि प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नु भयो । उपाध्यक्ष आचार्य ले कोभिड को कारण देश तथा बिदेश मा रोजगारी गुमाउनुपरेको नागरिकहरुलाइ बिशेष प्राथमिकतामा राखेर रोजगारको सुनिश्चितताकोलागि यस सम्झौताले महत्त्वपूर्ण  टेवा पुग्ने कुरामा बिश्वास व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%ad%e0%a5%82%e0%a4%ae%e0%a4%bf%e0%a4%b9%e0%a4%bf%e0%a4%a8-%e0%a4%a6%e0%a4%b2%e0%a4%bf%e0%a4%a4-%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%b8%e0%a5%80/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:२२

काठमाडौं: संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

वि.सं.२०८२ चैत २३ सोमवार ०८:४४

काठमाडौं: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको...