नेपाल बैंकको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
वि.सं.२०७७ पुस २ बिहीवार १२:१५
1.4K
shares
काठमाडौं: नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद (कर प्रयोजन) गरी कूल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो ।
हाल बैंकको चुक्तापूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस २ बिहीवार १२:१५




















