भ्याक्सिन ‘कोभिसिल्ड’ प्रयोगका लागि भारतले स्वीकृति माग्यो
वि.सं.२०७७ मंसिर २२ सोमवार १६:१०
1.9K
shares
एजेन्सी:भारतको सिरम इन्सिच्युट अफ इन्डिया (एसआइआइ) ले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिसिल्ड’ आपतकालीन प्रयोगका लागि स्वीकृति मागेको छ । अक्सफोर्ड र एस्ट्रेजेनेकासँगको सहकार्यमा एसआइआइले उत्पादन गरिरहेको कोभिसिल्ड भ्याक्सिन आपतकालीन प्रयोगका लागि स्वीकृति मागेको हो ।
सिरमले ड्रग्स कन्ट्रोलर अफ इन्डियासँग कोभिसिल्डको आपतकालीन प्रयोगका लागि आवेदन दिएको छ । बेलायत र बहराइनमा प्रयोगका लागि स्वीकृति पाइसकेको फाइजरले पनि भारतमा आफ्नो भ्याक्सिनको प्रयोगका लागि निवेदन दिइसकेको छ ।
पुणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरिरहेको छ । पहिलो र दोस्रो परीक्षणको नतिजाका आधारमा कोभिसिल्डको आपतकालीन प्रयोगका लागि अनुमति मागिएको हो ।
वि.सं.२०७७ मंसिर २२ सोमवार १६:१०




















