YouTube Link

रौतहट राजपुर नरसंहारका फरार प्रतिवादी महताब पक्राउ

Facebook Link

रौतहट : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राती राजपुर नगरपालीका ४ (साबिक राजपुर गाबिस ४ ) मा बम विष्फोट भयो । उक्त बम काण्डका मुख्य नाइके नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री अफ्ताव आलम यतिखेर जेलमा हावा खाइरहेको छन् ।

सोही काण्डका अर्का फरार प्रतिवादी आलमकै सहोदर भाई महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भारतको सितामढि जिल्लाको मोतिहारीबाट पक्राउ परेको स्रोतले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले फरार प्रतिबादी आलम लाई पक्राउ गरेको हो । आलमको घरमा बम बिस्फोट हुदा घाईते यमुनामाई गाउपालीका ४ (साबिक सरुअठा ४ ) का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै ईट्टा भट्टामा जलाएर हत्या गरेको आरोप उनी माथि छ ।

उक्त घटनामा मुख्य आरोपमा पूर्वमन्त्री एवम काग्रेस नेता आफताब पूर्पक्षको लागी गएको कात्तिक २९ गते देखी जेल चलान भएका हुन । पुर्बमन्त्री आफताब आलम र उनका भाई महताब आलम लगायत ११ जना माथि कर्तब्जय ज्यानको मुध्दा प्रहरीले चलाएको थियो ।

उक्त घटनामा प्रहरीले अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको भने ६ जना अझै फरार रहेका छन् । उक्त घट्नामा मारिएका पिन्टु भनिने त्रिलोक प्रताप सिहका बुवा श्रीनारायाण सिह र अख्तरका आमा रुक्साना खातुनले २०६५ बैसाख ९ गते काग्रेस नेता आलम लगायत ४ जना बिरुद्ध किटानी जाहेरी दिएको २ महिना पछि २०६५ असार १ र ९ गते सांसद आलम, उनका भाई महताब बिरुद्धको कर्तब्य ज्यान मुध्दाको अनुसन्धान मिसिल लाई प्रहरीले सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेश गर्दा तत्कालीन प्रमुख ध्रुबमणि ज्ञावलीले प्रमाण नपुगेको भन्दै मुध्दा नचल्ने निर्णय गरेको थियो ।

तर पछि फेरी उक्त मुद्धालाई ब्युँत्याउदै अनुसन्धान अगाडी बढाईएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...