दिनदहाडै बुटवलमा गोली चल्यो, एकजना घाइते
वि.सं.२०७७ मंसिर २१ आइतवार ११:३४
1.6K
shares
बुटवल : बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चल्दा एक जना घाईते भएका छन् । चिउडोमा गोली लागेका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल लगिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो ।
उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको र सोही अवसरमा प्रहरीको पेस्टोल खोसी गोली चलाउने क्रममा आफैलाई लागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेका छन् ।
प्रहरीहरु सादा पोशाकमा होटेलमा गएका थिए ।
वि.सं.२०७७ मंसिर २१ आइतवार ११:३४




















