YouTube Link

कोरोना भाईरस परीक्षण एन्टिजेन विधिबाट सुरु

Facebook Link

काठमाडौं:  सरकारले कोरोना भाईरस परीक्षण एन्टिजेन विधिबाट सुरु गरेको छ । एन्टिजेन विधिबाट परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने छ ।

कोरोना संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसंगै पीसीआरले झैं जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षणनै ‘एन्टिजेन विधि’ हो । डब्ल्युएचओको सहयोगमा यो विधीबाट परीक्षण थालिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ।

काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन ५ सय जनाको उक्त विधिबाट परीक्षण सुरू हुनेछ । यसको ‘सेन्सिटिभिटी’ राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको महाशाखाले जनाएको छ ।

हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ का साथै महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा आजदेखि उक्त विधिबाट परीक्षण थालिएको छ ।

उपत्यकामा यो प्रभावकारी देखिए मास स्क्रिनिङ सुरू गरिने र यसको प्रयोग सुरक्षाकर्मीका ब्यारेक तथा स्कूल कलेजमा पनि गर्ने योजना रहेको महाशाखाले जनाएको छ । एन्टिजेन परीक्षण विधि अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकले अवलम्बन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...