YouTube Link

७५ प्रतिशत मतसहित सिङ्गो प्यानल नै निर्वाचित हुन्छौ: गोल्छा र प्रधान समुह

Facebook Link

काठमाडौं:  नेपाल उद्योग बाणिज्य महासंघको जारी निर्वाचनको अन्तिम दिन शनिवार नयाँ नेतृत्वका लागी मतदान हुदैछ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो ।

जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुदै छ ।

सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको बरिष्ठ उपाध्यक्ष पदमा मतदान हुनु भन्दा १२ घण्टा अगाडी नै ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफुले पाउने मतको आंकलन दुवै पक्षले गरिसकेका छन् ।

नयाँ बानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्ष बन्ने भावी अध्यक्ष सेखर गोल्छा र बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसहितका पुर्व अध्यक्षहरु र  जिल्लानगरका अध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८० प्रतिशत मत, प्रदेश २ बाट सतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनी प्रदेशबाट ७० प्रतिशत, कणार्ली र सुदुर प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मत आफुले प्राप्त गर्ने ७ वटै प्रदेशका जिल्लानगरका अध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको छ ।

बस्तुगत र एसोसियटबाट ६५ प्रतिशत आफुले मत पाउदाँ समग्रमा ७५ प्रतिशतको हारहारीमा मत पाउदाँ सिङ्गो टिम नै निर्वाचीत हुनेमा ढुक्क देखिन्छन् ।

पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कणार्ली र सुदुर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु सेखर गोल्छा र किशोर प्रधानको समुहमा खुलेरै लागेका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा दुवै उम्मेद्वार उक्तिकै बलियो रहेपनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोर कुमार प्रधानलाई नेतृत्व दिनुपर्नेमा अधिकांस जिल्लानगर अध्यक्षहरु एकमत छन् ।

महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसंग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमा काम गर्न सजिलो हुने उनीहरुको भनाई छ ।

बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष सेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारकालगायतका अधिकांस पुर्व अध्यक्षहरु पनि यसपाली किशोर प्रधानलाई मत दिनुपर्ने बताएका छन् पछिल्लो समिकरण हेर्दा किशोर प्रधान र उनको समुह निकै बोली देखिएको छ भने चन्द्र ढकाल समुह रक्षात्मक अवस्थामा छ ।

बन्दसत्रमा बिहिवार चन्द्र ढकालले आफनो समुहले हार्ने लक्षण देखेपछि सेखर गोल्छाको नेतृत्व क्षमता र १० बर्षे योजना माथी कडा टिप्पढी गरेका छन् । किशोर प्रधानले पुर्व अध्यक्षको सम्मान, अध्यक्ष सेखर गोल्छाको भिजन कार्यान्वयन गर्न सारथी बन्ने र गोल्छापछि आफु अध्यक्षमा आएपछि गोल्छाले सुरु गरेका कार्यक्रमसगैं अन्य भिजन पनि प्रस्तुत गर्ने बन्दसत्रमा बताए ।

जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ, एसोसियटमा सौरभ ज्योतिसहित जिल्लानगर, बस्तुगत र एसोसियटबाट उम्मेदवार भएका सबै उम्मेदवारले फराकिलो मतअन्तरले बिजयी हुनेमा गोल्छा समुह ढुक्क रहेको छ । मतदान शनिवार विहान ८ बजेबाट सुरु हुने छ । निर्वाचन समितिले पनि तयारी पुरा भएको जानकारी दिएको छ ।

https://www.akhabarnepal.com/2020/11/19631/

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...