Texas College
YouTube Link

आठौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत आज१८ खेल हुँदै

Facebook Link

आठौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत आज१८ खेल हुँदै छन् । प्रदेश नम्बर-५ मा सञ्चालन भईरहेको प्रतियोगितामा आज १८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । आज पुरुष र महिला फुटबलका समुह चरणका बाँकी खेलहरु हुनेछन् ।

बिहान र बेलुका गरि दुई सत्रमा सञ्चालन गरिएका पुरुष टिमका खेल एन्फा टेक्निकल सेन्टर बुटवल र नेपालगञ्जमा भईरहेकाछन् । त्यस्तै महिला टिमका खेल दाङमा सञ्चालन गरिएको छ । विभिन्न राष्ट्रिय कीर्तिमान सहित चर्चामा आएको एथ्लेटिक्सका विभिन्न स्पर्धा दाङको बेलझुण्डीमा हुनेछ । एथ्लेटिक्स तर्फ आज हडल्सको हिट्स तथा दुई सय र दुईसय मिटरको महिला पुरुषको हिट्स चरणका खेल हुनेछन् ।

त्यस्तै हाईजम्प, डिस्कस र दुईसय मिटरको फाईनल खेल समेत समापन गर्ने तालिका छ । यस्तै दाङको तुलसीपुरमा कराँतेका खेल सुरु हुँदा भैरहवामा तेक्वान्दोका खेल सञ्चालन गरिने छ । बाँकेको खजुरामा भलिवलका खेल सञ्चालन हुँदा दाङमा व्याडमिन्टनका खेल सकिने छन् । नेपालगञ्ज रंगशालामा उसु र ह्यान्डबलका खेल हुनेछन् । आईटिएफ तेक्वान्दोको खेल नेपालगञ्जको महेन्द्र क्याम्पसमा सञ्चालन हुनेछ ।

सुटिङका खेल नेपालगञ्ज सुटिङ रेन्जमा हुनेछ भने नेपालगञ्ज कै जुडो हलमा जिम्न्याष्टिकका खेल चल्नेछ । रुपन्देहीमा सफ्टटेनिसका केही स्पर्धामा फाईनल खेलहरु हुनेछन् । कोहलपुर र लमहीमा क्रिकेटका खेल यथावत चल्नेछन् । नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा आर्चरी हुँदा बर्दियाको गुलरियामा सेपाकटाक्रो र खोखोका खेल सञ्चालन गरिनेछ । एसियन गेम्समा रजत जितेको प्याराग्लाईडिङको राष्ट्रिय खेल पोखरामा हुनेछ ।

शुक्रबारसम्म १२१ स्वर्ण सहित कुल ४४३ पदकको टुंगो लागिसकेको छ । जसमा विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् । पदक तालिकामा हालसम्म विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले ४५ स्वर्ण, ३१ रजत र २७ कास्य पदक सहित कुल १०३ पदक जितेको छ । यस्तै नेपाल पुलिस क्लबले २२ स्वर्ण, २० रजत र २१ कास्य पदक सहित कुल ६३ पदक जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबले १७ स्वर्ण, १६ रजत र २८ कास्य सहित कुल ६१ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...