विश्व चर्चित अर्जेन्टिनी फुटबलर म्याराडोना रहेनन्
वि.सं.२०७७ मंसिर ११ बिहीवार ०९:३२
1.8K
shares
काठमाण्डौ – विश्व चर्चित अर्जेन्टिनाका फुटबल ‘लिजेन्ड’ डिएगो म्याराडोनाको निधन भएको छ ।
विश्व चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।’कार्डिक अरेस्ट’ (हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ ।
दुई हप्ताअघि मात्रै ‘ब्लड कल्ट’ बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्व कपको उपाधि दिलाएका थिए ।
आफ्नो करियरमा बार्सिलोना र नापोलीबाट खेलेका म्याराडोनाले दुई ओटा ‘सिरिए ए’ को टाइटल पनि जिताएका छन् ।
यो पनि पढ्नु होस https://www.akhabarnepal.com/category/sports/
वि.सं.२०७७ मंसिर ११ बिहीवार ०९:३२




















