मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ
वि.सं.२०७७ मंसिर ७ आइतवार २३:०४
1.4K
shares
काठमाडौं: प्रहरीले पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका-३ का ३८ वर्षीय अखिलेश प्रसाद भनिने अशेसर प्रसाद चौरसिया रहेका छन्।उनलाई प्रहरीले आइतबार वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।
विन्दवासिनी-५ मा पार्टीको सपथग्रहणका क्रममा दुई समूहबीच विवाद हुँदा मुकेश चौरसियालाई बाँसले टाउकोमा प्रहार गरिएको थियो। उनको उपचारको क्रममा कात्तिक ७ मा वीरगञ्ज स्थित न्यूरो अस्पतालमा मृत्यु भएको थियो।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि हानिफ मियाँ गद्दी, देवा सहनी र बिन्दवासिनी गाउँपालिका–४ घर भएका निरन्जन तिवारी उर्फ उत्तमलाई पक्राउ गरेको थियो ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ मंसिर ७ आइतवार २३:०४




















