YouTube Link

धुम्बाराहीमा बोलाएर ईश्वर र विष्णुलाई के भने प्रचण्डले ?

Facebook Link

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक कलहलाई मिलाउने कोशिस पार्टी भित्री र बाहिरी रुपमा भईरहेको छ ।

पार्टीभित्रका नेताहरुले आफ्नो नेतृत्वलाई झकझक्याउने काम गरिरहेका छन् भने विदेशी शक्तिहरु पनि यसबीचमा सल्बलाईरहेको छ ।

त्यस्तै नेकपा फुटाउने पक्षमा केही देशी तथा विदेशी शक्तिहरु लागिरहेका पनि छन् ।

मंगलबार बेलुका नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिईन ।

त्यसलगत्रै भालिपल्ट बिहान ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिन ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार दिउसो १ बजेका लागि पार्टी सचिवालयको वैठक बोलाईएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको वैठक बोलाएपछि त्यसले नेकपामा तरंग उत्पन्न गराएको थियो ।

पार्टी फुट्ने हल्लाले त्यसदिन राजनीतिक माहोल तताएको थियो ।

तर, त्यसबेला प्रधानमन्त्री ओलीलाई संयमता अपनाउन ओली निकटका नेताहरुले सम्झाएको र अर्का कार्यकारी अध्यक्ष प्रचण्ड तथा वष्रिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरुले गरेको विभिन्न कसरतले नेकपा फुट्नबाट जोगिएको थियो । नत्र त्यही दिन गर या मरको अवस्थामा ओली प्रस्तुत हुने दृष्यि सबैले देखिसकेका थिए ।

बुधबारको परिदृष्यलाई नेकपामा दोस्रो पुस्ताका नेताहरुले सल्टाउने काम त गरे तर अझै पनि संकट टर्न सकेको छैन ।

सचिवालय वैठकबाट प्रधानमन्त्री ओलीले माग गरेअनुरुप १० दिन समय दिएको छ । यो १० दिनभित्र के कस्तो खिचडी पाक्ने हो त्यो अहिल्यै भन्न सक्ने अवस्था छैन ।

पार्टीभित्र देखिएको यही आन्तरिक कलहलाई मिलाउनको लागि अहिले कार्यकारी अध्यक्ष दाहाल दौडधुपमा लागेका छन् ।

आज मात्रै दाहालले प्रधानमन्त्री ओलीका विश्वासपात्र ईश्वर पोखरेल र महासचिव विष्णु वपौडेलललाई पार्टी कार्यलय धुम्बाराहीमा बोलाएर परामर्श गरेका छन् ।

विशेषतः ओलीको विषेश दूतका रुपमा चिनिने पोखरेल र पौडेललाई बोलाएर भेट गर्नुलाई नेकपाभित्र निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कार्यकारी अध्यक्षसँग भेट गरेपछि पार्टी महासचिव पौडेलले परिस्थिति धेरै गम्भीर रहेको बताएका छन् । जुन कुरा नेकपाका लागि पक्कै सुखदायी होईन ।

ओली पक्षले यो भन्दा अगाडीमो वैठकमा प्रचण्डले पेश गरेको ३३ वुँदे आरोपपत्र फिर्ता गर्न आग्रह गरेको छ ।

जुन दाहालपक्षले ग्रहण गरिसकेको अवस्था छैन । त्यसैकारण आगामी १३ गते बस्ने सचिवालयको वैठकमा ओलीले जवाफदिने बताएका छन् । आगे के हुन्छ प्रतिक्षा गरौ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...