माछापुच्छ्रे बैंकले डिजिटल देउसी भैलोको आयोजना
वि.सं.२०७७ कात्तिक २९ शनिवार १३:०४
1.7K
shares
काठमाडौं: माछापुच्छ्रे बैंकले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ । आफुसँग प्रतिभा भएका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो ।
बैंकले कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला वर्षहरुमा जस्तो घरघरमा गएर देउसी भैलो खेल्ने अवस्था नरहेकोले डिजिटल देउसी भैलोको आयोजना गरेको छ । देउसी भैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसी भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ ।
सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ । सहभागीहरुले बढिमा ३ मिनेटसम्मको भिडियो यही मङ्सिर १ गतेसम्म पठाउनु पर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ ।
यो पनि पढ्नुहोला: https://www.akhabarnepal.com/2020/11/19131/
वि.सं.२०७७ कात्तिक २९ शनिवार १३:०४




















