YouTube Link

मन्डेकाजी सहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान

Facebook Link

काठमाडौं: युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एशियाली खेलकुद सागमा दोहोरो स्वर्ण पदक बिजेता कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुवास गुरुङसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गर्ने भएको छ ।

मन्त्रालयले आवेदन आएका २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ गरी जम्मा ५२ वटा आवेदनहरु प्राप्त भएको र त्यसलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि बमोजिम ९ सदस्य रहेको समितिबाट मूल्यांकन गर्दा उच्चतम अंक प्राप्त गर्ने खेल प्रतिभाहरु र खेलसंघलाई नगद सम्मान गर्ने जनाएको छ ।

यस्तै साईक्लिङकी लक्ष्मी मगर, एत्लेटिक्सकी सन्तोषी श्रेष्ठ, शारीरिक सुगठनका समिर श्रेष्ठ र भारत्तोलनका विकास थापा पनि राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत हुने सुचिमा रहेका छन् ।

कराँतेका प्रशिक्षक कुशल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक नविनकुमार श्रेक्ष्ठ, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक डा.ज्ञानेन्द्रविक्रम शाह र नेपाल गल्फ संघलाई पनि पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।

यसबाहेक खेल प्रायोजकमा काठमाडौं महानगरपालिका र कतार एयरवेजलाई खेलकुद विकास र प्रवद्र्घनमा विभिन्न खेलहरुमा आर्थिक सहयोग गरी खेलाडीहरुको मनोबल उच्च राख्न पु¥याएको योगदानको कदर स्वरुप पुरस्कृत गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८, (तेस्रो संशोधन २०७५ बमोजिम) सदस्य रहेको समितिबाट प्राप्त भएका आवेदनहरुको मूल्यकंन गर्दा उच्चतम अंक प्राप्त गर्नेलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...