YouTube Link

एभेरष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घट्यो

Facebook Link

काठमाडौं:  एभेरष्ट बैंकको नाफा गतवर्ष भन्दा ५१.५४ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तुलनामा ५१.५४ प्रतिशत कम हो ।

 

बैंकले गत आवको यसै अवधिमा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको व्यवसाय विस्तार खुम्चँदा खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको छ।

 

बैंकले चालु आवको तीन महिनामा आर्जन गरेको कूल आर्जन ५ अर्ब ६४ करोड ८२ लाख आम्दानीमध्ये वागमती प्रदेशमा ४ अर्ब ४५ करोड ९२ लाख अर्थात ७८।९५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको कर्जा लगानी ३.३१ प्रतिशतले मात्र बढेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले १ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी २८.५७ प्रतिशत अर्थात ४० करोड ९२ लाख २१ हजार रुपैयाँले घटेको छ।

 

चालू आबको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १३.०३ प्रतिशत, कोषको लागत ५.३७ प्रतिशत, आधारदर ७.०७ प्रतिशत, स्प्रेडदर ३.९४ प्रतिशत र मूल्य आम्दानी अनुपात ४४.९७ गुणा छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा बैंकको यस्तो नाफा ३० करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

 

बैंकको जगेडा कोष गत असोज मसान्तको तुलनामा घटेर ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोष १८.६७ प्रतिशतले बढेर २ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निक्षेप सङ्कलन ९ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसियो ७०.२७ प्रतिशत र नेटवर्थ प्रति शेयर १.७६ प्रतिशतले घटेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...