Texas College
YouTube Link

नेपाल बैंक लिमिटेडको खुद नाफा घट्यो

Facebook Link

काठमाडौं:  नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले पहिलो त्रैमासमा आर्जन गरेको नाफा गत वर्षको तुलनामा ३ करोड १४ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा  बढेपनि बैंकले डिफर्ड ट्याक्स (स्थगित कर) तिर्दा बैंकको नाफा घटेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको कर अघिको नाफा गत वर्ष तुलनामा बढी भए पनि यस अवधिमा बैंकले बढी कर तिर्नु पर्दानाफा घटेको हो ।

बैंकले यस अवधिमा २० करोड १६ लाख वर्तमान कर तिरेको छ भने २ करोड ९३ लाख स्थगित कर तिरेको छ । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष यस्तो आम्दानी झण्डै १६ करोड रुपैयाँले बढाएको हो ।

बैंकको गत वर्षको तुलनामा अन्य सञ्चालन आम्दानी ४ करोड १० लाखबाट बढेर ५ करोड १ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च ६७ करोड रुपैयाँबाट घटेर ६५ करोड रुपैयाँमा झरेको छ भने अन्य सञ्चालन खर्च १९ करोडबाट घटेर १७ करोडमा झरेको छ । गत वर्षको तुलनामा बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ ।

बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ भने सीसीडि रेसियो ६६.५४ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको आधार दर ६.८१ प्रतिशत छ भने स्प्रेड दर ४.३८ प्रतिशत छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात १६.६० गुणा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...