Rajshow Bivag

३ बर्ष पछि लाप्चाने इलाका प्रशासन संचालनमा

Departmant of helth services

रामेछाप:  अधिकृत स्तरको कर्मचारी नभएकाले वितग ३ बर्षदेखि वन्द भएको रामेछापको उमाकुण्ड गाउंपालिकामा पर्ने लाप्चाने इलाका प्रशासन कार्यालय संचालनमा आएको छ ।

सरकारले अहिले उक्त कार्यालयमा अधिकृत स्तरको कर्मचारी पठाएपछि कार्य संचालन हुन थालेको हो । जिल्लाको सवै भन्दा दुर्गम मानिने उक्त क्षेत्रमा ५ बर्ष अगाडि इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । अधिकृत स्तरका कर्मचारी नभएपछि बन्द भएको इलाका प्रशासन कार्यालय अहिले संचालनमा आएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताउनु भयो ।
इलाका प्रशासनले मुद्धा, शान्तिसुरक्षा, संघसंस्था, हातहतियार, वजार अनुगमन बाहेक अन्य काम संपादन गर्ने गर्छ । नागरिकता प्रमाण पत्र, राहदानी सिफारीस र जनजाति प्रमाणीतको काम स्थानीय स्तरमानै गर्नका लागि सरकारले इलाका प्रशासनको व्यवस्था गरेको थियो ।

कार्यालय संचालनमा आएपछि उमाकुण्ड गाउंपालिका र गोकुलगंगा गाउंपालिकाको केहि भागका नागरिकले सोहि कार्यालयबाटै सेवा लिन थालेका छन । ०७३ साल साउनमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी सहितको राजनैतिक दलका नेता, पत्रकार तथा नागरीक अगुवाहरु गएर उक्त स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरेका थिए ।

अधिकृत सहित ५ जना कर्मचारीको दरबन्दि रहेको उक्त कार्यालयमा एक जना पनि कर्मचारी नभएपछि कार्यालय बन्द भएको थियो । तिन बर्ष अगाडि ताला लगाएर मन्थली झरेका कर्मचारी अहिले गएर ढोका खोलेर सेवा दिन थालेको स्थानीय श्याम श्रेष्ठले बताउनु भयो ।

सेवा बन्द भएको तिन बर्ष सम्म लाप्चानेबाट न कार्यालय हटाइएको थियो न त्यहाँ सेवा संचालनका लागि कर्मचारी नै पठाईएको थियो । कार्यालय बन्द भएको लामो समयपछि सेवा पाएकोमा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । खुल्ने बित्तिक्कै बन्द भएको उक्त कार्यालय अव भने नियमित खुल्नु पर्नेमा उनिहरुको जोड छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...