YouTube Link

नेपालमा विज्ञापनरहित ‘क्लिनफिड’ लागू, करिब १८० भन्दा बढी विदेशी च्यानलहरुको प्रसारण तत्कालका लागि बन्द

Facebook Link

काठमाडौं: नेपालभित्र डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरुले विज्ञापन प्रसारण गर्न पाउने छैनन् ।

लामो समयदेखि प्रतीक्षाको विषय बनेको विज्ञापनरहित ‘क्लिनफिड’ लागू भएको हो । क्लिनफिड उपलब्ध गराउन सक्ने अवस्थामा भने अहिले बन्द रहेका च्यानलहरुको प्रसारण हुँदै जानेछ ।

शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिनफिड लागू भएसँगै विज्ञापनरहित क्लिनफिडमा प्रसारण नगर्ने विदेशी च्यानलहरुको प्रसारण रोकिएका छन् ।

एक वर्षदेखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।

२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिनफिडमा जान सेवाप्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । कोभिड-१९ महामारीका कारण समय नपुगेको भन्दै व्यवसायीहरुले छ महिना थप गर्न भन्दै सञ्चार मन्त्रालय समक्ष लिखित निवेदन नै पेस गरेका थिए ।

भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्यूज, नेपाल केबल टेलिभिजन महासंघजस्ता संघ-संस्थाबाट क्लिनफिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको थियो ।

क्लिनफिड सहित च्यानल प्रसारण नभएमा कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ । विदेशी च्यानलले क्लिनफिड उपलब्ध गराउन सक्ने अवस्थामा करिब १० दिनपछि केही टेलिभिजन हेर्न पाइने नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अहिले ३२ ओटा मात्रै विदेशी च्यानल प्रसारण हुँदैछन् । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ ।

भारतीय प्रशारकले नेपालमै क्लिनफिड गर्ने भएपछि अब विज्ञापनको समयमा स्क्रिन खाली देखिनेछ । क्लिनफिडको अनुगमनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्ड पनि गठन गरेको छ ।

क्लिनफिड लागू भएसँगै करिब १२ अर्बको भनिएको विज्ञापन बजार हिस्सा ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । २०७३ साल कात्तिक ६ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको क्लिनफिड नीति २०७४ साल साउन १ गतेबाट कार्यान्वयन हुनुपर्ने भएपनि विविध कारणले कार्यान्वयन हुन सकेको थिएन ।

क्लिनफिड लागु भएसँगै यसले देशको अर्थतन्त्रमा समेत फाइदा पुग्ने देखिएको छ । ठूलो संख्यामा प्राविधिक र कलाकारहरुले स्वदेशमै रोजगारी पाउनेछन् । विज्ञापन एजेन्सीहरुको सक्रियता थप बढ्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...