सेञ्चुरी कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने
वि.सं.२०७७ कात्तिक ३ सोमवार १६:२६
1.7K
shares
काठमाडौं: सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ ।
बैंकले ईच्छुक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, पुतलीसडक, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिनुपर्ने जनाएको छ ।

वि.सं.२०७७ कात्तिक ३ सोमवार १६:२६




















