धरानमा कोरोनाका कारण थप ४ को मृत्यु
वि.सं.२०७७ असोज २९ बिहीवार ११:३५
2.1K
shares
धरान : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका दुई महिला र एक पुरुषको मृत्यु कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै अस्पतालले भर्ना लिन नमानेपछि बाहिर राखिराखेको अवस्थामा अर्का एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरकी ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान र धरान उपमहानगरपालिका ९ का ४४ वर्षीया महिलाको बुधबार राति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठान धरानले जनाएको छ ।
धरान ९ कै ५८ वर्षीय पुरुषलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेपछि प्रतिष्ठानको कोभिड अस्पताल बाहिर मृत्यु भएको जनाईएको छ ।
वि.सं.२०७७ असोज २९ बिहीवार ११:३५



















