YouTube Link

सार्वजानिक यातायातमा पुरै सिट यात्रु राख्न पाएपनि अझै पैसा थपेर भाडा लिनुपर्ने ?

Facebook Link

काठमाडौं: नेपाल सरकारले यातायात व्यवसायीलाई गाडीको पुरै सिटमा यात्रु राख्न पाउने र पहिलेकै अवस्थामा भाडा लिनुपर्ने निर्णय गरेको छ ।

तर यसलाई यातायात व्यवसायीले पालना गरेको भने पाईएको छैन । सरकारले यात्रु सिटमा पुरै राखे पनि भाडा पहिलेकै र कोराना संक्रमण हुन सक्ने भन्दै सर्तकता चाहि अपनाउनुपर्ने बताईएको छ ।

यातायात व्यवसायीले यो कुरा थाहा पाएपनि अझै भाडा बढी लिईरहेको सार्वजनिक यातायातमा सवार जो कोहीलाई जानकारी छ ।

यो अखबार नेपाल प्रतिनिधि पनि सार्वजनिक सवारीसाधन प्रयोग गरेरै दैनिक कार्यालय आउजाउ गर्ने गरेको छ । सोही कारण यो कुरा जानकारीमा आएको हो । सार्वजनिक यातायातमा सवार जोकोहीले भाडा तिर्ने बेलामा भाडा कति हो ? भन्दै सोध्ने र भाडा तिर्ने गरेको छ ।

भाडा तिर्दा बढी भन्दा प्रतिप्रश्न गरेका छन् । सरकारले त भाडा पहिलेकै लिने भनेको होईन र ? भनेर सोध्दा सहचालकले सजिलै उत्तर दिने गरेको छ । हो त्यो कुरा त हामीलाई पनि थाहा छ ।

तर, क्यार्नु तेल खर्च नै उठ्दैन । त्यति मात्र होईन हाम्रो पनि परिवार छ उनीहरुलाई खाना खुवाउनुपदैन र हामीले ?

सहचालकको यस्तो प्रतिप्रश्न आएपछि के यात्रुको मन पग्लिदैन र ? पक्कै पनि पग्लिन्छ र पैसा दिन्छ अनि आफ्नो गन्तव्यतिर लाग्छन् । त्यसमाथि अहिले सार्वजनिक सवारी साधनको प्रयोग गर्ने सर्वसाधारण कम छ । यस्तो अवस्थामा यातायात व्यवसायीले पनि चालक र सहचालकको मर्का बुझिदिनुपर्ने हो कि सर्वसाधारण जनताले मात्र ?

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...