YouTube Link

इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो

Facebook Link

एजेन्सी: चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गरेको छ । वेस्टह्यामाथिको जितसँगै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । यससँगै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवितै राखेको छ । प्रिमियर लिगका शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछ ।

चेल्सीको ३३ खेलबाट ६६ अंक पुगेको छ । एक खेल कम खेलेको टोटेनहमको ६४ तथा आर्सनलको ६३ तथा म्यानचेस्टर युनाइटेडको ६१ अंक रहेको छ । शीर्षस्थानको लिभरपुलको ८२ तथा म्यानचेसटर सिटीको ८० अंक रहेको छ । घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन दुवै गोल हजार्डले पहिलो र दोस्रो हाफमा गरे । खेलको २४औं मिनेटमा हजार्डले मैदानको मध्यभागबाट बल अघि बढाउदै चार खेलाडीलाई छलाउदै एकल प्रयासमा चेल्सीलाई अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलको केही अवसरहरु खेलर फालेको थियो । तर, खेलको अन्त्यतिर हजार्डले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । वैकल्पिक खेलाडी रोस बार्कलीको पासमा अनमार्क रहेका हजार्डले दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...