माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईटबीच सम्झौता
वि.सं.२०७७ असोज २२ बिहीवार १७:३७
1.6K
shares
काठमाडौं: माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच छुट्टै–छुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार अब माछापुच्छ बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट – क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्नेछन् ।
माछापुच्छ्रे बैंकले आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ् सुबिधा प्रदान गरीरहेको छ ।
वि.सं.२०७७ असोज २२ बिहीवार १७:३७




















