स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न स्वीकृति
वि.सं.२०७७ असोज २१ बुधवार १६:४१
1.7K
shares
काठमाडौं: सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद् तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।
यसैगरी, व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।
वि.सं.२०७७ असोज २१ बुधवार १६:४१



















