पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारकालागि आर्थिक सहयोग
वि.सं.२०७७ असोज २१ बुधवार १७:००
1.5K
shares
काठमाडौं: नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा प्यारालाइसिसबाट थलिएका छन् ।
विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको मरुगणेशस्थित शर्मा निवासमै पुगेर श्रेष्ठले ५० हजार सहयोग हस्तान्तरण गर्नु भएको हो । नेपाल बक्सिङ संघका सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन सुरु गरिएको बताउनु भयो ।
वि.सं. २०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन्। उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिप लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु भएको थियो।
वि.सं.२०७७ असोज २१ बुधवार १७:००




















